Categories: समाचार

रोकिएका परिक्षाबारे कहिले र कसरी गर्ने भन्नेमा त्रिबि नै अलमलमा ।

काठमाण्डौ । कोरोना भाइरसको जोखिम कम गर्न सरकारले चैतदेखि गरेको लकडाउनले त्रिभुवन विश्वबिद्यालयका सबै बार्षिक परिक्षा रोकिएका छन् । उच्च माध्यामिक परिषदले एसर्ईई र कक्षा ११ को बार्षिक परिक्षा आन्तरिक मूल्याङकनबाट गर्ने गरी प्रक्रिया अघि बढाइसकेको छ । तर, त्रिभुवन बिश्वबिद्यालय अन्र्तगतका रोकिएका परिक्षाबारे भने कसैको चासो पुगेको छैन् ।

चैत ११ गतेखि सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको घोषणा गर्‍यो । कोरोनाकै त्रासका कारण चैत ६ गते तोकिएको एसईई परिक्षा पनि अन्तिम समयमा सरकारले स्थगित गर्‍यो । एसईई र कक्षा ११ को आन्तरिक मूल्याङकनका आधारमा परिक्षाफल प्रकाशित गर्ने निर्णय भइसकेको छ । कक्षा १२ को परिक्षाका बिषयमा पनि छलफल चलिरहेको छ ।

तर, त्रिभुवन बिश्वबिद्यालयका स्थगित भएका परिक्षाबारे कसैले चासो दिएको छैन् । कोरोनाकै कारण स्नातक र स्नातकोत्तरका परिक्षा स्थगित भएका थिए । विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षाशास्त्र संकाय तर्फका ४ वर्षे बीएस्सी, बीबीएस, र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा स्थगित छन् । पोस्ट ग्राजुएट डिप्लोमा इन काउन्सिलिङ साइकोलोजी, स्कुल साइकोलोजी र पोस्ट ग्राजुएट इन वुमन स्टडिज तथा कानुन संकायका नियमित तथा आंशिक परीक्षा पनि रोकिएका छन् । परिक्षा कहिले र कसरी गर्ने भन्नेमा नै त्रिबि अलमलमा रहेको परीक्षा नियन्त्रण पुष्पराज जोशी बताउँछन् ।

लाखौं बिद्यार्थी परिक्षा कहिले हुन्छ भन्ने अन्यौलमा छन् । कतिपय बिद्यार्थी त राजधानी बाहिर रहेका कारण पनि परिक्षाबारे बारम्बार ताकेता गरिरहेका छन् । स्वास्थ्य सर्तकतासहित शुक्रबारदेखि सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय पनि गरेको छ । तर, स्थगित परिक्षाबारे अहिलेसम्म ठोस निर्णय हुन नसकेको जोशीले बताए ।

प्राध्यापक डाक्टर सुर्वण शाक्यको नेतृत्वमा बनेको ‘कमिटी अफ अल्टरनेटिभ एक्जाम मोड’ले परिक्षबारे छलफल गरेपनि ठोस निर्णय बाहिर आएको छैन् । सेमेष्टर प्रणालीको परीक्षा आन्तरिक मुल्यांकनबाट गर्नेबारे पनि समितिमा छलफल चलिरहेको बताइएको छ । अझै कोरोना संक्रमण नरोकिएका कारण परिक्षा अझै कति समय रोकिने हो कुनै टुंगो छैन् ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago