टोकियो । जापानमा बिहिबार ३ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यहाँको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार जापानका विभिन्न स्थानहरुमा कोरोना भाइरस व्यक्तिहरुमा संक्रमण पाइएको हो ।
बिहिबार एकैदिनमा टोकियोमा २२४ जना, ओसाकामा ३० जना, खानागावामा २५ जना, साइतामामा २२ जना, चिबामा २२ जना, होक्काइदोमा १ जना, फुकुओकामा ४ जना, ह्योगोमा २ जना, क्योतोमा ५ जना तथा अन्य प्रिफेक्चरमा समेत गरि ३ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जापानभरमा सबैभन्दा धेरै संक्रमितहरु रहेको टोकियोमा मात्रै कोरोना भाइरसबाट हालसम्म ७ हजार २ सय ७२ जनामा संक्रमण पाइएको छ । यहाँ हालसम्म ५ हजार ९ सय ७९ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् भने ३ सय २५ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।
बिहिबार, टोकियोमा संक्रमण संख्या एकैदिन हालसम्मकै उच्च कायम भएको छ । यसले टोकियो लगायतका जनघनत्व अधिक रहेको ठाउँहरुमा खतराको संकेत गरेको छ । त्यि क्षेत्रहरुमा रहेका प्रत्येक व्यक्ति/व्यक्तिले सतर्कता अप्नाउन नसके अझै विकराल रुपम लिन सक्छ । हालसम्म नेपाली समुदायमा संक्रमणको दुखद खबर सुन्न परेको छैन, त्यसैले थप सचेत बनौँ, आफु संक्रमित हुनबाट जोगिऔँ र अरुलाई पनि जोगाऔँ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…