डा. केसीको अनशन १६ औं दिनमा , स्वास्थ्य गम्भीर बन्दै ।

२०७७, १३ आश्विन मंगलवार ०२:५४

काठमाडौं , १३ असोज ।  १६ दिनदेखि आमरण अनशनमा रहेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

डा. केसीको उपचार समूहका संयोजक डा. सुवासप्रसाद आचार्यका अनुसार डा. केसीलाई छाती र मांसापेशी दुख्ने, रिँगटा लाग्ने समस्या भएको बताएका छन् । 

केसीको उपचारमा संलग्न चिकित्सकको टिमले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा केसीलाई बढी थकान महसुस भइरहेको उल्लेख गरिएको छ ।

केसीको शरीरमा सोडियम, पोटासियम, म्याग्नेसिय, क्याल्सियम फस्फोरसको मात्र कम भएको उल्लेख गरिएको छ । मुटुको चालमा समेत समस्या आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनको रगतमा सेता रक्तकोषको मात्रमासमेत कमी आएको छ । 

भदौ २९ गते जुम्लाबाट अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो। नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएको हो। अहिले उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्।  

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु