पाल्पाकाे ढुङ्गाखानीमा व्यवसायीक कालिज पालन शुरू, रिसाेट पनि सञ्चालन गर्ने तयारी । भिडियो सहित ।

२०७७, ४ आश्विन आईतवार १०:२९

सन्ताेष गहतराज पाल्पा ।  कालिज भन्ने बित्तिकै जाे काेहिलाई पनि जङ्गलमा पाइने कुखुरा प्रजातिकाे जङ्गली जनावर भनेर चिन्ने गरिन्छ । पछिल्लो समयमा मानिसहरू  ती जङ्गलमा पाइने कालिजलाई व्यवसायीक रूपमा पाल्न थालेका छन

https://youtu.be/WUa-KuqzE1A

साेहि अनुसार पाल्पाको ढुङ्गाखानीमा पनि व्यवसायीक रूपमा कालिज पालन शुरू भएको छ ।  करिब २ कराेड ५० लाखकाे लगानीमा उक्त व्यवसाय सञ्चालन गरिएको सञ्चालक सुरेन्द्र बस्यालले बताउन भयाे । उहाका अनुसार कुल २४ राेपनी क्षेत्रफलमा अहिले करिब ६ राेपनी क्षेत्रफलमा करिब २२ सय कालिज व्यवसायीक रूपमा पालन गरिएको बताउन भयाे । ५ जना सञ्चालकहरू सुरेन्द्र बस्याल र दयाराम पाण्डे तानसेन ७ प्रभास,राम प्रसाद श्रेष्ठ बतासे डाडा,कमल पाण्डे मध्ये विन्दु नगरपालिका १७ नवलपुर र माेतिलाल गाैतम तिलाेत्ताेमा का गरि ५ जना  व्यवसायीहरू सिताेस्न वल्ड लाइफ एण्ड रिसाेट सेन्टर प्रा ली नामबाट उक्त कालिज पालन शुरूवात गरिएको सञ्चालन बस्यालले बताउनु भयाे । व्यवसाय बस्यालका अनुसार कालिज मात्र  पाल्ने उधेश्य नभई समग्र वन्यजन्तु अनुुसन्धान गर्ने उधेश्य रहेकाे र अहिले कालिजबाट शुरूवात गरिएको बताउनु भयाे । उहाले भन्नु भयाे अहिले नेपाल सरकारबाट वन्यजन्तु पालन गर्ने र अनुसन्धान गर्ने कानुनी व्यवस्था रहेकाेले अबका दिनमा हरिण मृग चखेवा मुनाल लगाएतका वन्यजन्तु जन्तुलाई पनि व्यवसायी रूपमा पालना गरिएको उधेश्य रहेकाे बताउनु भयाे । शुरूवातकाे क्रममा २२ सय कालिजका चल्लाबाट शुरू गरिएको व्यवसायमा अहिले दैनिक रूपमा ५ जनालाई राेजगारी दिएको छ । नेपाल सरकारकाे कृषि विभागमा समेत काम गरेको बताउने बस्यालले नेपाल कृषिमा सम्भावना रहेको देश हाे । यहाँ हरेक ठाउमा फरकफरक किसिमकाे पशुपालन तथा खेतीपाती गर्न सकिने र विदेशीयका सयाै युवाहरूलाई व्यवसायी रूपमा गर्ने हाे भने थाेरै क्षेत्रफलबाट पनि धेरै लाभ लिन सकिने भएकाले विदेशमा गर्ने परिश्रम नेपालमा नै गर्न आग्रह  समेत गर्नु भयाे । अहिले कालिज फर्ममा २२ वटा चाइनिज रिगनाेट प्रजातिका कालिज रहेका छन । अउदाे बर्ष सम्म उत्पादन प्रविधिकाे प्रयाेग गरि करिब ४० हजार कालिजका चल्लाहरू उत्पादन गर्ने लक्ष्य  रहेकाे बताउनु भयाे । सञ्चालकहरूका अनुसार रिसाेर्ट सञ्चालन गर्नका लागि तयारी भइरहेको बेला काेराेना भाइरस काेबिड १९ ले गर्दा सञ्चालनमा ढिलाइ भएको बताउनुभयो । साथै अब निर्माण कार्य शुरू भएकाे र करिब ३ महिना भित्रमा रिसाेर्ट सञ्चालमा ल्याउने पनि बताउनु भयाे । रिसाेर्टमा स्थानीय लाेकल परिकारहरू पाइने र डाडाबाट हिमाल तथा पहाडकाे अवलाेक गर्न समेत सकने बताउनु भयाे । अब रिसाेर्ट सञ्चालनकाे लागि तयारि भइरहेको पनि बताउनु भयाे ।

https://youtu.be/WUa-KuqzE1A

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु