तिनाउ गाउँपालिकाले बर्थिङ सेन्टर र ल्याब सञ्चालन ।

२०७७, ३० भाद्र मंगलवार १४:२१

सन्ताेष गहतराज , पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका वडा न २ दोभानमा रहेको दोभान स्वास्थ चौकीमा चौबिसै घण्टा प्रसुति सेवा उपलब्ध गराउने गरि बर्थिङ सेन्टर र ल्यावको सञ्चालनमा ल्याइएको छ ।

बर्थिङ सेन्टर र ल्यावको मंगलबार प्रदेश सांसद तुलाराम घर्तीले उद्घाटन गरे । प्रदेश सरकारको १० लाख बजेटमा बर्थिङ सेन्टर र ल्यावको सञ्चालनमा ल्याईएको हो । सो अवसरमा बोल्दै प्रदेश सासंद घर्तीले हरेक नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउने चाहना पूरा गर्न बर्थिङ सेन्टरको सञ्चालनमा ल्याएको बताए । उनले बर्थिङ सेन्टर र ल्याबप्रयोगशालाको स्थापनाले यस क्षेत्रका धेरै महिलाहरु लाभान्वित हुने विश्वास व्यक्त गरे ।

यस्तै कार्यक्रममा तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले गाउँपालिकाबासिको आधारभूत आवश्यकताहरु पुरा गर्दै ल्याब र बर्थिङ सेवा सञ्चालनमा ल्याएको दाबी गरे । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दमयन्ती थापा, स्वास्थ्य शाखाका नर्सिङ संयोजक रिता थापा, स्वास्थ्य स्वयंसेविका केशरी बस्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए । तिनाउका प्रवक्ता तथा वडा नं २ का अध्यक्ष एवम् स्वास्थ चौकी व्यवस्थापन समितिका संयोजक राजेश श्रेष्ठको अध्यक्षता, स्वास्थ्यकर्मी शारदा खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रमको दोभान स्वास्थ्य चौकीका ईन्चाज ठाकुर जिसीले सञ्चालन गरेका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु