सरकारले कोभिड -१९ को लक्षण देखिएकाको मात्र पिसिआर परीक्षण गर्ने निर्णय ।

२०७७, ३० भाद्र मंगलवार ०६:०४

काठमाडौँ । सरकारले स्पष्ट लक्षण नदेखिएका कसैको पनि कोरोना भाइरसको परीक्षण नगर्ने निर्णय गरेको छ।

स्वास्थ्य मन्त्रालयमा आइतबार बसेको ‘इन्सिडेन्ट कमान्ड सेन्टर’ को बैठकले स्पष्ट लक्षण नदेखिएका कसैको पनि पीसीार परीक्षण नगर्ने निर्णय गरेको हो।

यस्तै कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सक तथा सबै स्वास्थ्यकर्मीको हकमा पनि यही निर्णय लागु हुने मन्त्रालयले जनाएको छ। स्वास्थ्यकर्मीले यदि संक्रमणको भएको शंका लागेर परीक्षण गरे शुल्क आफनै तिर्नु पर्नेछ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु