एनटिटि दोकोमोको ‘दोकोमो कोउजा’ प्रयोगकर्ताहरु समस्यामा, भएपछि देशभरका बैंकहरुले यो सेवाको सन्चालनमा रोक

२०७७, २५ भाद्र बिहीबार १३:४०

टोकियो – जापान , एनटीटी दोकोमोद्वारा सन्चालित इलेक्ट्रोनिक भुक्तान सेवा (दोकोमो कोउजा) बाट अबैध रुपमा निकाश हुने रकम १ करोड ३२ लाख बाट उकालो लागेको छ । निक्केइ पत्रिकाको अनलाईन सस्करणमा छापिएको समाचार अनुसार ब्यक्तीगत खाताबाट उक्त रकम अबैध रुपमा रकमान्तर गरिएको हो ।

सेनदाइ सि र ओकायामा सि मा रहेका २ वटा बैंक बाट रकम झिकिएको थियो त्यसपछि देशै भरका बैंकहरुले यो भुक्तान सेवाको प्रयोगमा रोक लगाएका हुन ।एनटीटी दोकोमोद्वारा सन्चालित इलेक्ट्रोनिक भुक्तान सेवाको प्रयोग गरी अनाधिकृत रुपमा रकमान्तर गरिएको घटना सार्वजनिक भएपछि देशभरका बैंकहरुले यो सेवाको सन्चालनमा रोक लगाएका छन ।

दोकोमोको इलेक्ट्रोनिक भुक्तान सेवाबाट अघिल्लो बर्ष पनि यसरीनै पैसा चोरी भएको थियो । त्यस्तै अघिल्लो बर्षनै सेवेन एलेबेनको सेबेन पे ह्याक गरी ग्रहाकको पैसा चोरी भएको थियो । अनाधिकृत रुपमा रकम चोरी भएपछि सेबेनको उक्त सेवा बन्द गरिएको छ ।

Comments

ताजा खबर