सार्बजनिक यातायात बन्द, निजिलाई जोर-बिजोर

२०७७, १९ भाद्र शुक्रबार १९:५८

पाल्पा । कोरोना संक्रमण नियन्त्रणका लागी भदौ ४ गते देखि जारी गरिएको निषेधाज्ञा शुक्रबार राती १२ बजे पछि केही खुला गर्ने निर्णय भएको छ । शुक्रबार सम्पन्न कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण जिल्ला समितिको बैठकले निषेधाज्ञा हटाई केही खुकुलो बनाउने निर्णय गरेको हो ।
जिल्ला भरी सार्नजनिक यातायात सेवा सन्चालन हुन पाउने छैन भने निजी सवारीसाधन लाई जोर बिजोर प्रणाली लागू गरिएको छ । यस्तै बेलुका ७ बजे देखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारीसाधन सन्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय पाल्पाद्वारा प्रकाशित बिज्ञप्तिमा उल्लेख छ । बैठकले सीमा नाकामा कडाइ गरि जिल्ला भित्र निश्चित मापदण्ड पुरागरि आन्तरिक गतिबिधि खुला गर्ने निर्णय भएको छ । फाइल तस्बिर ।

Comments

ताजा खबर