ललितपुरमा आज राति १० बजेसम्म कर्फ्यु

२०७७, १९ भाद्र शुक्रबार ०९:३२

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र आज बिहान ४ बजेदेखि राति १० बजेसम्म कफ्र्यु आदेश जारी गरेको छ ।

रातो मत्स्येन्द्रनाथको रथयात्रा अगाडि बढाउने क्रममा बिहीबार पुलचोक क्षेत्रमा सुरक्षाकर्मी र रथयात्राका सहभागीबीच झडप भएपछि शान्ति सुरक्षा भङ्ग हुने देखिएकोले कफ्यु आदेश जारी भएको जिल्ला प्रशासनले जनाएको छ ।

कफ्युको समयमा आवतजावत गर्न, भेला हुन र जुलुस निकाल्न निषेध गरिएको छ । आदेश उल्लंघन भए सुरक्षाकर्मीले गोली समेत हान्न सक्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

Comments

ताजा खबर