गाैतमबुद्ध मिडियाले गरायाे कर्मचारीहरूकाे बिमा ।

२०७७, १८ भाद्र बिहीबार १९:५९

भैरहवा, १८ भदौ । गौतमबुद्ध मिडिया प्रा.लि. सिद्धार्थनगर, रुपन्देहीले आफ्ना कर्मचारीहरुको कोरोना बीमा गराएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडसंग बीमालेख सम्झौता गरी संस्थामा कार्यरत पत्रकार/कर्मचारीहरुको कोरोना बीमालेख जारी गराइएको मिडिया प्रा.लि.का कार्यकारी प्रमुख गुनाराम घिमिरेले बताए ।

पछिल्लो समय कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकार तथा कर्मचारीहरुको कोरोना बीमा गराइएको गौतमबुद्ध मिडिया प्रा.लि.का अध्यक्ष खिम बहादुर खत्रीले बताए ।

हाल मिडिया प्रा.लि.द्वारा गौतमबुद्ध सन्देश दैनिक, अनलाइन संस्करण गौतमबुद्ध सन्देश डट कम र रेडियो रिपब्लिक ८८ दशमलव २ मेगाहर्ज सञ्चालनमा रहेको प्रबन्धक विष्णु भट्टराईले बताए ।

बीमाको अवधि एक वर्ष रहने र बीमा गरेको कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) रिपोर्ट पोजेटिभ देखिएको अवस्थामा एक लाख रुपैयाँ दाबी भुक्तानी हुने सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडका क्षेत्रीय प्रबन्धक गोपाल ज्ञवालीले जानकारी दिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु