तिनाउमा ढुङ्गाले लाग्दा आमाको मृत्यु,छोरी घाइते

२०७७, १७ भाद्र बुधबार ०९:५०

पाल्पा,जिल्लाको तिनाउ गाउँपालिका ३ श्रीडाँडामा घरमाथिबाट खसेको ढुंगाले लागेर एक महिलाको मृत्यु भएको छ भने छाेरीकाे घाइते भएका छन । अविरल वर्षाका कारण गोविन्द्र सोमैको घर माथिको पहाडबाट खसेको ढुंगाले लाग्दा माथागढी गाउँपालिका ७ रहवासकी २९ वर्षकी समिक्षा चौहान मगरको मृत्यु भएको हो । ढुंगाले लागेर उनी र ३ वर्षकी छोरी करिश्मा घाइते भएका थिए । घाइते भएकी आमाको सिटी अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । छोरीको सिटी अस्पातलमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको अवस्था अहिले गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए ।

तिज मान्न माइत आएका उनिहरु जिल्लामा जारी निषेधाज्ञाका कारण घर फर्किन सकेका थिएनन् । मंगलबार साँझ उनिहरु माइती घरको छिमेकीकहाँ पुगेका थिए । नाता पर्ने गोविन्दको घरमा मोबाइल चार्ज गरि बसेको अवस्थामा माथिबाट ढुंगा आइ घरको छानो टिन सहित उनिहरुलाई च्यापेको स्थानीयले बताएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु