काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्नेहरूमाथि प्रहरीले पानीको फोहरा हानेको छ ।
कोरोना माहामारी नियन्त्रणको बेलामा राष्ट्रपति कार्यालयमा महँगा कार्पेट फेर्न टेन्डर आह्वान गरेकोप्रति पनि प्रदर्शनकारीले विरोध जनाएका छन् । उनीले ‘सरकारको प्राथमिकता कार्पेट कि पीसीआर ? लेखेको पप्पलेट बोकेका छन् । उनीहरुले कोरोना महामारीमा खर्च भएको भनिएको १० अर्ब कहाँ गयो भनेर पनि प्रश्न गरेका छन् ।
यसैबिच केही प्रदर्शनकारीलाई प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै नियन्त्रणमा लिएको छ । काठमाडौं प्रहरी प्रवक्ता डीएसपी राजकुमार केसीले प्रधानमन्त्री निवास बालुवाटार वरपरको निषेधित क्षेत्र प्रवेश गर्ने, लकडाउन उल्लंघन गर्ने र उच्छृङ्खल गतिविधि देखाएकाले उनीहरुलाई नियन्त्रणमा लिन पानीको फोहोरा र लाठीचार्ज गरिएको बताए । प्रदर्शनमा उत्रिएका सामाजिक अभियन्ताहरुले आरडीटी परीक्षण रोकेर पीसीआर परीक्षण गर्नुपर्ने उनिहरुको बिशेष माग रहेको छ ।
फोटो: नेपाल घटना
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…