रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ । स्थानीयको गाइ फार्ममा सामूहिक हत्या भएको हो । हत्याका आरोपी एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाई फाराममा काम गर्ने मजदूरमध्ये एक जनाले आफ्नै समूहका अन्य पाँच जनालाई धारिलो हतियार प्रहार गरी सामूहिक हत्या गरेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाको थप अनुशन्धान सुरु भएको छ । यसरी सामूहिक रुपमा किन र कसरी हत्या भयो भन्नेबारे अहिलेसम्म केही खुल्न सकेको छैन ।
Comments