काठमाडौं, २३ मङ्सिर । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत ११औं चरणको अन्तिम खेलमा साउथह्याम्पटनले जीत निकालेको छ ।सोमबार राति भएको खेलमा ब्राइटनलाई उसैको मैदानमा २–१ ले हराउँदै साउथह्याम्पटनले ३ अंक बटुलेको हो ।
एक गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै साउथह्याम्पटनलाई जिताउन जानिक भेस्टरगार्ड र ड्यानी इंग्सले १–१ गोल गरे ।
त्यसअघि ब्राइटनले पास्कल ग्रसको गोलमार्फत सुरुवाती अग्रता लिएको थियो । २६औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्नग्रसले कुनै गल्ती गरेनन् ।
तर ब्राइटनको अग्रता धेरै समय टिक्न सकेन । पहिलो हाफ सकिनुअघि ४५औं मिनेटमा भेस्टरगार्डले बराबरी गोल फर्काएपछि पहिलोहाफ १–१ मा सकिएको थियो ।
त्यसपछि दुवै टोलीका तर्फबाट अग्रता बनाउने प्रयास भइरहेका बेला साउथह्याम्पटनले पेनाल्टी पायो । ब्राइटनका सोली मार्चले पाहुनाटोलीका काइल वाल्करपिटर्सलाई फल गरेपछि भिएआरमार्फत पाएको पेनाल्टीमा इंग्सले गोल गरेपछि खेलमा साउथह्याम्पटनले अग्रतालिएको थियो जतिबेला खेलको निर्धारित समय सकिन १० मिनेट मात्र बाँकी थियो । त्यसपछि भने ब्राइटन खेलमा फर्कन सकेन र खेलसाउथह्याम्पटनले २–१ ले जित्यो ।
जीतसँगै ११ खेलबाट २० अंक भएको साउथह्याम्पटन अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने पराजित ब्राइटन १० अंकसहित१६औं स्थानमा छ ।