नेपाल पर्यटन बोर्डले निजी क्षेत्रको सथामा ट्रास्कफोर्स गठन गरेको हो।

काठमाडौं । नेपाल पर्यटन बोर्डले कोभिड १९ बाट प्रभावित पर्यटन उद्योगलाई कसरी पुनर्जीवन दिने भन्ने विषयमा सुझाव दिन टास्कफोर्स गठन गरेको छ ।

एसकेएएल, पाटालगायत सम्पूर्ण पर्यटन क्षेत्रका संघ-संस्था एवं अग्रज पर्यटन व्यवसायी समेतलाई सल्लाहकारका रुपमा समेटेर बोर्डका कार्यकारी प्रमुखको संरक्षकत्वमा पर्यटन पुनरुत्थान टास्कफोर्स गठन गरी काम सुरु गरेको बोर्डले जनाएको छ ।

कार्यदलले वर्तमान अवस्थामा थलिएको पर्यटन उद्योगलाई कसरी पुनर्जीवन दिन सकिन्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय अभ्यासहरु समेतको अध्ययन गरी सुझावहरु निरन्तर दिने जनाइएको छ । सो सुझावअनुसार सम्पूर्ण व्यवसायीहरुलाई एकीकृत गरी सरकारलाई आगामी रणनीति निर्माण गर्न सहयोग पुर्‍याउने बोर्डले जनाएको छ । उक्त कार्यदलले तत्काल पर्यटनका गतिविधिहरुलाई सुरक्षित ढंगले कसरी अगाडि बढाउन सकिन्छ भन्ने पनि अध्ययन गर्नुका साथै निराश हुँदै गएका व्यवसायी तथा मजदुरहरुलाई के कस्तो आर्थिक कार्यक्रम ल्याउन सकिन्छ भन्ने पनि मार्ग पहिल्याउन सहयोग गर्ने जनाइएको छ ।

कोभिड १९ महामारीले नेपालीको जनजीवन तहसनहस पारेको छ भने मूलुककै अर्थतन्त्र धरासायी हुने अवस्थामा पुगेको बोर्डले जनाएको छ । देशको विदेशी मुद्राआर्जनको भरपर्दो स्रोत एवं रोजगारी सिर्जना तथा सिंगो मुलुकको अर्थतन्त्रको भविष्यको बलियो आधारका रुपमा स्थापित हुँदै गरेको पर्यटन क्षेत्र यो महामारीको सबैभन्दा ठूलो सिकार बन्‍न पुगेको छ । चैत ११ देखि लकडाउन सुरु भएयता पर्यटन क्षेत्रमा आश्रित लाखौं परिवारलाई बिचल्ली बनाएको र हजारौं व्यवसायी पलायन हुने अवस्थामा पुगेको बोर्डले जनाएको छ ।

महामारीबीच पर्यटन क्षेत्रलाई सुरक्षाको सबै विधि अपनाई सञ्चालन गर्न प्रोटोकल तयार गरी लागु गर्ने, सरकारको नीति तथा कार्यक्रम एवं बजेटमा व्यवस्था गरिएको आर्थिक प्याकेजहरुलाई नेपाल राष्ट्र बैंकलाई अनुरोध गरी पर्यटन व्यवसायीहरुको बीचमा थप स्पष्ट पार्ने कार्य गर्ने, पर्यटन मजदुरहरुलाई अल्पकालीन भए पनि रोजगार सिर्जना गर्न अन्तर्राष्ट्रिय साझेदार संस्थासँग सहकार्य गर्नेजस्ता कार्यहरु बोर्डले गर्दै आएको जनाएको छ । 

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago