स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको शुल्क घटायो ।

२०७७, १४ भाद्र आईतवार १८:४२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना छ कि छैन पत्ता लगाउन गरिने पीसीआर परीक्षण शुल्क घटाइएको जानकारी दिए   

उनका अनुसार सेवा शुल्कसहित पीसीआर परीक्षणका लागि ४४०० रुपैयाँ तोकिएको छ । उनले भने, “पीसीआर परीक्षणको अधिकतम ४४०० रुपैयाँभन्दा माथि लिन पाइँदैन । यसअघि मन्त्रालयले पीसीआर परीक्षण गराउनका लागि ५५०० रुपैयाँ तोकेको थियो । 

मन्त्रालयले ९ वटा सरकारी र ११ वटा निजी प्रयोगशालामा गरी कुल २० वटा प्रयोगशालालाई शुल्क लिएर परीक्षण गर्ने अनुमति दिएको छ ।

Comments

ताजा खबर