उपप्रधानमन्त्रीसहित सबै पदाधिकारीको परीक्षण नतिजा नेगेटिभ

२०७७, १४ भाद्र आईतवार १०:००

उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री र प्रधानसेनापतिसहित पदाधिकारीको कोभिड–१९ को पछिल्लो पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी) को गत आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उहाँहरुको पिसिआर परीक्षण गरिएको थियो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत महानुभाव सिसिएमसीको उक्त बैठकमा सहभागी हुनुहुन्थ्यो ।

उहाँहरुको स्वाब शनिबार बिहान सङ्कलन गरिएकामा साँझ परीक्षणको नतिजा नेगेटिभ आएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

बैठकमा चियापानी उपलब्ध गराउने व्यक्तिलाई कोरोना भएको गत बिहीबार पुष्टि भएपछि शुक्रबार त्यस बैठकमा सहभागी प्रायः सबै आइसोलेसनमा रहनुभएको थियो ।

Comments

ताजा खबर