उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण

२०७७, १२ भाद्र शुक्रबार १४:४०

काठमाडौं –  उद्योगी व्यवसायी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरी कोरोनाबाट संक्रमित भएका छन् ।

’आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयो’, चौधरीले लेखेका छन्, ’मलाई कोरोना पोजेटिभ देखियो। तर मलाइ कुनै पनि लक्षण छैन।’

चौधरीले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना भएको सार्वजनिक गरेका हुन्।

चौधरीले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई समेत सचेत रहन सुझाएका छन्।

Comments

ताजा खबर