निषेधाज्ञाले तानसेन बजारलगायत आसपासका क्षेत्र सुनसान बन्याे ।

२०७७, ११ भाद्र बिहीबार ०७:०१

सन्ताेष गहतराज, पाल्पा । यही भदौ ५ गतेदेखि गरिएको निषेधाज्ञाले तानसेन  बजारलगायत आसपासका क्षेत्र सुनसान बनेको छ । तानसेन बजार पूर्णरूपमा ठप्प छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै नगरपालिकामा निषेधाज्ञा घोषणा गरिएको हो ।

निषेधाज्ञा घोषणापछि भीडभाड हुने स्थान र मुख्य चोकमा प्रहरी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्याैपानेको अध्यक्षतामा बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन केन्द्रको बैठकले भदौ ५ गते राति १२ बजे देखि भदै १२ गते राति १२ बजे सम्म पाल्पामा निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

प्रशासनले अत्यावश्यकीय क्षेत्रहरु मेडिकल, दूध, ग्यास र तरकारी पसलबाहेक अन्य सबै क्षेत्रहरु बन्द गर्न निर्देशन दिएको छ । पाल्पामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले त्यसको रोकथामका लागि निषेधाज्ञा नै अन्तिम विकल्प देखेको हो ।

अहिले पाल्पाका अत्यावश्यक सामाग्रीका सवारीसाधनहरू मात्रै सञ्चालन भएका छन । बजार पुर्ण रूपमा ठप्प छ । तर अत्यावश्यक सामाग्रीका पसल बिहान ७ बजे देखि ११ बजे सम्म खुलेका छन । चाेक चाेकमा प्रहरीहरू खटिएका छन ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु