प्रयोगशालालाई व्यवस्थित गरी विपी क्यान्सर अस्पतालमा कोरोना परीक्षणको तयारी ।

२०७७, ८ भाद्र सोमबार ०९:०८

चितवन। विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको प्रयोगशालालाई व्यवस्थित गरी कोरोना परीक्षण थालिने भएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार दुई/तीन दिनमै प्रयोगशाला संञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

प्रयोगशालालाई आवश्यक पर्ने रिएजेन्टहरु आइनपुगेकाले प्रयोगशाला सञ्चालन गर्न ढीला भएको हो। अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा प्रयोगशाला सञ्चालन गर्ने विषयमा जानकारी गराइसकेको छ। 

आवश्यक जनशक्ति अस्पतालमै छन्। हाल जिल्लामा सरकारीतर्फ भरतपुर अस्पताल र निजीतर्फ चितवन मेडिकल कलेजले पीसीआर प्रयोगशाला सञ्चालन गर्दै आएका छन्।

सरकारी प्रयोगशालामा नमूनाको चाप उच्च भएकाले नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता छ। 

Comments

ताजा खबर