तानसेनमा बजार अनुगमन, मास्कको मुल्यमा एकरुपता

२०७७, २३ श्रावण शुक्रबार ०७:३७

पाल्पा । बजारमा मास्ककाे मुल्यमा कालाेबजारी गरेको गुनासाे आएपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले बजार अनुगमन गरेकाे छ । पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा वन्जाडेको संयोजकत्वमा तानसेन बजारका विभिन्न औषधि, खाध्य सामग्री, मासु तथा अन्य प्रकारका सामग्री विक्री वितरण गर्ने पसलहरुको अनुगमन गरेकाे जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनका अनुसार माक्सको मूल्यमा एकरुपता कायम गर्न, पसलमा मूल्य सूची टास गर्न तथा स्वास्थ्य र सुरक्षाका मापदण्ड अपनाई विक्री वितरण गर्न निर्देशन दिइएको छ ।
अनुगमनमा तानसेन नगरपालिका नि.प्रमुख प्रशासकीय अधिकृत रेशमलाल न्यौपाने, जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृत यज्ञश्वर पन्थी, जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक लक्ष्मण पचभैया, नगरपालीकाका अधिकृत भरत प्रसाद आचार्य, नेपाल खाद्य प्रविधि तथा गुणास्तर निरिक्षण कार्यालय नि.प्रमुख नरेश श्रेष्ठ, पत्रकार महासंघ, पाल्पाका कोषाध्यक्ष मिलन बिक, संचारकर्मी माधव अर्याल, जिल्ला प्रशासन कार्यालयका नायब सुब्वा लक्ष्मण घिमिरे लगायतका ब्यक्तिहरुको सहभािगता रहेकाे थियाे ।
बजार अनुगमनलाई निरन्तरता दिनुपर्ने र खाद्यवस्तु मात्र नभई अरु बस्तुहरुको पनी बजार अनुगमन गर्न आवस्यक रहेको छ । ।

Comments

ताजा खबर