माथागढिले फुलबारी गाईभैसी कृषक समुहलाई अनुदान रकम हस्तान्तरण

२०७७, २२ श्रावण बिहीबार ०५:४४

पाल्पा -जिल्लाकाे माथागढी गाउँपालिकाले व्यवसायीक कृषकहरूलाई एक कार्यक्रमका बिच उत्पादनमा अाधारित अनुदान कार्यक्रम अन्तर्गत वडा न ३ कसेनीमा सञ्चालित फुलबारी कृषक गाईभैसी पालन समुहका लागि रूपैयाँ ६७ हजार ७ सय ५१ कृषकहरूलाई प्रदान गरिएको छ ।


कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सन्ताेष थापा मगरले माथागढीले अहिले पालिकाकाे विभिन्न वडाहरूलाई फरकफरक कृषि उपजमा पकेट क्षेत्र बनाउने उध्येश्यका कार्यक्रम ल्याएको बताउदै साेहि अनुसार वडा न ३ कसेनीकाे सहकारीमा अावद्व भएका १७ जनाले दूध संकलन गरेर बिक्री वितरण गरेवापत प्रतिलिटर २ रूपैयाँका दरले उक्त रकम हस्तान्तरण गरिएको बताउनुभयो ।


उक्त अनुदान हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराई,वडा अध्यक्ष दिपक थापालेध कृषकहरूले व्यवसायी रूपमा गाइभैसी पालन गरेकाेमा धन्यवाद दिदै गाउँपालिका तथा वडाबाट गर्ने सक्ने सहयाेग अागामी दिनमा पनि गर्दै जाने बताउनु भयाे । कार्यक्रम सहकारी अध्यक्ष चन्र्द बहादुर ठागाकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।
गाउँपालिकाले दूध उत्पादन गर्ने कृषक समुहलाई अनुदान प्रदान गरे पछि कृषकहरू खुशी भएका छन ।

Comments

ताजा खबर