काेराेना मुक्त जिल्ला बन्याे पाल्पा

२०७७, २१ श्रावण बुधबार ०८:३६

सन्ताेष गहतराज ,पाल्पा ।पाल्पामा काेराेना संक्रमितकाे सख्या शून्य भएको सँगै पाल्पा काेराेना मुक्त जिल्ला भएको छ । जिल्लामा ५ सय ६० जना कोरोना संक्रमित उपचारपछि सञ्चो भएर घर फर्किएका छन ।

कोभिड १९ कोरोना भाइरस लागेका मानिसहरु निको भएर घर फर्किपछि संक्रमितको संख्या पाल्पामा शुन्यमा झरेको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताउनुभयो । पाल्पा जिल्लामा ३ हजार ९ सय ७ जनाको पिसिआर परीक्षण भएकोमा ५ सय ६१ जनामा कोरोना संक्रमण भएको थियो । संक्रमितमध्ये ५ सय ६० जना उपचारपछि घर फर्किएका छन् भने १ जनाको निधन भएको छ ।

भारत र विदेशबाट फर्किएका मानिसहरुमा कोरोना संक्रमण देखिन थालेपछि स्थानीय पालिकाहरुले आइसोलेसन निर्माण गरी छुट्टै राख्ने व्यवस्था मिलाएका थिए । स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले आइसोलेसनमा एक जना पनि कोरोना संक्रमित नरहेको बताउनुभयो ।

कोभिड रोकथाम र नियन्त्रणका लागि जिल्लामा गठित सिसिएमसीको निर्णय वमोजिम कोरोना समुदायमा संक्रमण फैलिए नफैलिएको जानकारी सर्वसाधारण, व्यवसायी, वैंकका कर्मचारी, सुरक्षाकर्मी, पत्रकारहरुको पिसिआर परीक्षण गरिएको थियो । कुल १ सय १८ जनामा गरिएको परीक्षणमा सबैको स्वाव नेगेटिभ आएको थियो ।

पालिकाहरुले अहिले बाहिरबाट आएका नागरिकलाई होम क्वारेन्टिनमा राखिरहेका छन् । होम क्वारेन्टिनमा रहेकाहरुको पनि पिसिआर परीक्षण हुनुपर्ने समुदायको माग रहेको छ ।

Comments

ताजा खबर