पेट्रोलियम पदार्थको मूल्य बढ्यो एलपी ग्यासको मूल्य भने यथावत

२०७७, १७ श्रावण शनिबार २१:४५

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य २-२ रुपैयाँले बढाएको छ । प्रवक्ता विनित मणि उपाध्यायका अनुसार वृद्धि भएको मूल्य राति १२ बजेदेखि लागू हुनेछ ।
हाल कच्चा तेलको मूल्य, डलरको विनियम दर तथा इन्डियन आयल कर्पोरेशनबाट प्राप्त गरिद मूल्यमा समेत वृद्धि भएकाले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको उनले जनाएका छन् ।
काठमाडौंको लागि अब पेट्रोलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य ९० रुपैयाँ काम गरिएको छ । हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

सांकेतिक तस्बिर ।

हालको मूल्य समायोजनपछि पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको शहर विरगञ्जमा पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ आठ पैसा र डिजलमा प्रतिलिटर ३६ रुपैयाँ ६९ पैसा नेपालतर्फ सस्तो रहेको छ । नेपालतर्फ पेट्रोलियम पदार्थ सस्तो हुँदा अनाधिकृत रुपमा भारततर्फ तस्करी समेत हुने गरेको छ।

Comments

ताजा खबर