कतै पब्जीलाई प्रतिवन्ध कतै पब्जी गेम खेल्न हजुरबुवाको पेन्सन , कतै ज्यानै लियो पब्जीले !

अहिले धेरैको मुखमा झुन्डिने शब्द हो, पब्जी । फुर्सदमा सम्झने गेम हो, पब्जी । स्मार्टफोन भेट्नसाथ खोजिने गेम हो, पब्जी । पब्जी गेम भनेपछि कामधन्दा छाड्नेहरु पनि छन् । लेखपढ गर्न छाड्ने पनि छन् । यस्तो लाग्छ, उनीहरुको सपना-विपना पब्जी नै हो ।

भारतको पन्जाबमा एक किशोरले पब्जी (प्लेयर अन्नोन ब्याटलग्राउण्ड) गेम खेल्न हजुरबुबाको पेन्सन सकाएको सुन्दा यसको लतको बारेमा सहजै अनुमान लगाउन सुकिन्छ। ति किशोरले पब्जीको लतमै हजुरबुबाको २ लाख सकाएका हुन्। मोहाली जिल्लाका १५ वर्षीय ती किशोरले हजुरबुवाको पेन्सनको पैंसा पब्जीमा उडाएका हुन्। पब्जी गेममा भारतका मात्रै नभएर धेरै मूलुकहरुका युवायुवतीहरुको लत बढ्दो छ।

यसै वर्षको जनवरीबाट मात्रै खेल्न सुरु गरेका किशोरलाई बैंकको खाताबाट गोप्यरुपमा पैंसा खर्च गर्न स्कुलको सिनियरले सिकाएका थिए। पब्जीमा गेम खेल्नेबेला चाहिने विभिन्न सामग्री किन्नका लागि एपभित्रैबाट किन्न सक्ने फिचर रहेको छ । यद्यपी ती सामग्री नकिनेरै पनि गेम खेल्न सकिन्छ।

ती किशोरले दुई महिनामा पब्जी एपभित्रबाटै ५५ हजारको समाग्रीहरु किनेका रहेछन् । गेममा पैंसा तिर्नका लागि किशोरले पेटिएम (भारतको अनलाई पेमेन्ट सेवा) मा अकाउन्ट बनाएका थिए । त्यसका लागि उनले हजुरबुवाको सबै प्रमाणपत्रहरु प्रयोग गरेका थिए ।

परिवारले पछि बैंकबाट पैंसा निकाल्न पैसा कम पाएपछि सोधखोज गर्दा सबै कुरा बाहिरिएको हो । किशोरलाई यस विषयमा थप सोध्दै जादा उनले २ लाखभन्दा बढी पैंसा खर्च गरेको बताएका हुन् । उनको परिवारले अहिले यसरी उक्साएर ठगी गर्न सिकाउने स्कुलका सिनियरविरुद्ध प्रहरीमा उजुरी गरेका छन् ।

केहि दिनअघि पन्जाबकै एक युवकले उपचारका लागि भनेर बैंकमा जम्मा गरिराखेको १६ लाख रुपैंया पब्जीमा खर्च गरेको घटना सार्वजनिक भएको थियो ।

ज्यानै लिने पब्जी !

केही समयअघि भारत सिवान जिल्ला हुसैनगञ्ज क्षेत्रका हम्मर गाउँ निवासी लाल मोहम्मद मंसुरीको २० वर्षीय छोरा अमजद अलीले आफ्नै घरमा झुण्डिएर आत्माहत्या गरे। उनलाई गाउँलेहरूले विश्वास गरे भने अमजद अली पाब्जी खेल खेल्ने क्रममा पराजयका कारण धेरै डिप्रेसनमा थिए र धेरै ठाउँहरूमा भन्थे कि म हारको बारेमा धेरै डिप्रेसनमा छु।

यसअघि कुर्लाका १८ वर्षीय नदिम कुरैसीले आत्महत्या गरे । आत्महत्याको कारण थियो पब्जी गेम । नदिमले अभिभावकलाई ठूलो स्क्रिनको मोबाइल किनिदिन आग्रह गरेका थिए । तर अभिभावकले माग पूरा सकेनन् ।

यस्तै भारत गुजरातमा २५ वर्षका युवकले आमाबुबालाई कुटपिट गरेका थिए । गेम खेलिरहेको अवस्थामा आमाबुबाले मोबाइल खोस्दा रिसाएका ती युवक अभिभावकमाथि जाइलागेका थिए ।

नेपालकै फुर्बा ग्याल्जेन शेर्पाका ६ वर्षका छोरा पब्जी खेल्दाखेल्दै बेहोस भए । बिहान खाटमा बस्दै पब्जी खेलिरहेका छोरालाई ४५ मिनेटपछि खाना खान बोलाउन जाँदा अचेत भेटिए । उनलाई तत्कालै अस्पताल लगियो । आधा घन्टापछि बालकको होस खुल्यो । होस खुलेपछि थाहा भयो उनी पब्जी प्लेनमा निकै माथि उडिरहेका थिए रे । प्लेनबाट हामफाल्दा ह्यान्डल गर्ने नसकेका ती बालकलाई मस्तिष्कमा असर परेको थियो ।

पब्जीको लतका यी केही उदाहरण हुन् । केही पब्जी खेल्नका लागि राम्रो र महँगो मोबाइल नपाएकोमा केहीले आत्महत्या गरेका छन् । यस्तै जागिर नभएर पब्जीमा फसेका देखि जागिर छाडेर पब्जी खेलमा व्यस्त भएका र परीक्षा दिन जान भुलेका घटना धेरे छन् ।

चीनीयाँ टेक्नोलोजी कम्पनी टेन्सेन्ट गेमले पब्जी बनाएको हो । कम्पनीले पहिलो आधा वर्षमा नै ३ अर्ब डलर आम्दानी गरेको थियो ।

पछिल्ला घटना सार्वजनिक भएसँगै पब्जीलाई प्रतिवन्ध लगाउन माग समेत भएको छ। एजेन्सी

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago