मास्क नलगाई हिड्ने ४३ जना लाई कारवाही

२०७७, १५ श्रावण बिहीबार ०८:२७

पाल्पा । मास्क नलगाई घरबाहिर हिड्ने ४३ जना कारवाहीमा परेका छन । जिल्ला प्रहरी कार्यालयले संक्रमण रोग ऐन २०२० र नेपाल सरकारले जारी गरेको लकडाउनको अवज्ञा गरी मास्क नलगाई हिड्डुल गर्ने ब्यक्तिहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको हो । ९ जना महिला र ३४ जना पुरुष कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनिहरुलाई जिल्ला प्रशासन कार्यालय, पाल्पामा पठाई जनहि १ सय रुपैयाँ जरिवाना गराई छाडिएको पाल्पा प्रहरीले जनाएको छ ।
प्रशासनले कोरोना भाइरसको जोखिम बढेको बेलामा मानिसले आवश्यक सुरक्षा नअपनाई बाहिर निस्कने, भीडभाग गर्ने जस्ता गतिबिधि बढेको भन्दै आवश्यक सुरक्षा व्यवस्था अपनाएर मात्र बाहिर निस्कनु पर्ने बताएको छ । यस अघि पनि लकडाउनको अवज्ञा गरी मास्क नलगाई हिडेका ५७ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिई कारवाही गरिएको थियो ।

Comments

ताजा खबर