कोरोना संक्रमित २१० थपिए, कुल संक्रमित १९२७३

२०७७, १४ श्रावण बुधबार १६:३५

काठमाडौं  – आज बुधबार २ सय १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ । कुल संक्रमितमध्ये ५ हजार ३ सय ६० वटा सक्रिय केशहरु छन् ।

पछिल्लो २४ घण्टामा १ सय ४६ जना डिस्चार्ज भएसंगै हालसम्म १४ हजार २१ जना संक्रमित उपचारपछि निको भएका छन् ।

Comments

ताजा खबर