भदौ दोस्रो सातादेखि त्रिविले व्यवस्थापन संकायको परीक्षा गर्ने ।

२०७७, ९ श्रावण शुक्रबार १८:२७

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकायको परीक्षा भदौ दोस्रो सातादेखि गर्ने भएको छ । डिन कार्यालयले शुक्रबार सूचना जारी गरेर सो जानकारी गराएको हो ।

 त्यस्तै, स्नातक प्रथम, दोस्रो, पाँचौँ तथा सातौँ तहका सेमेष्टर परीक्षा भदौ तेस्रो साता सञ्चालन गर्ने भएको छ । नयाँ परीक्षा तालिका भने सार्वजनिक गरिएको छैन ।

सरकारले लकडाउन खोलेर विश्वद्यिालयहरुका परीक्षा गर्न सकिने निर्णय गरेसँगै ती परीक्षा हुन लागेका हुन् । भदौ १ देखि लामो दूरीको यातायातसमेत सञ्चालन हुने भएकाले परीक्षा सञ्चालन गर्न लागिएको त्रिविले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु