सुनको भाउमा अहिले सम्मकै नयाँ रेकर्ड ।

२०७७, ८ श्रावण बिहीबार ११:३०

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढ्नेक्रम निरन्तर छ । मंगलबार प्रतितोला ४ सय रुपैंयाँले बढेको सुन बुधबार १३ सयले बढेको थियो ।

आज ५ सयले बढ्दै सुन प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाला सुन ९४ हजार ५ सय र तेजावी सुन तोलामा ९४ हजार ६५ रुपैंयाँमा कारोबार भएको छ ।

चाँदीमा पनि आज प्रतितोला १० रुपैंयाँले बढेको छ । आज चाँदी १ हजार १४५ रुपैयाँमा कारोबार भएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु