नारायणगढ–मुग्लिन सडक पहिरो पन्छाएपछि एकतर्फी सञ्चालन ।

२०७७, ८ श्रावण बिहीबार १०:२०

काठमाडौं । पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति १६ किलोमा खसेको पहिरो दिनभर लगाएर पन्छाएपछि गए राति ७:४५ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो ।

बालुवा पुल नजिकै राति ८:४५  बजे ठूला चट्टानसहित पहिरो झरेको थियो । डिभिजन सडक कार्यालय भरतपुरका ई विजय दराईका अनुसार ब्रेकरले चट्टान फोरेर पहिरो पन्छाइएको हो । पहिरो पन्छाउन नारायणगढतर्फ दुई वटा एक्साभेटर र मुग्लिनतर्फ दुई वटा लोडर परिचालन गरिएको थियो ।

सो ठाउँमा झरेको पहिराले १५० मिटर सडक ढाकेको थियो । पहिरो बुधबार बिहान ९ बजेदेखि पन्छाउन थालिएको थियो । पहिरो पन्छाएसँगै मुग्लिनतर्फ जाने र आउने सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । सवारीको चाप कम भएपछि सडक पूरै सफा गरिनेछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु