जापान आउन नेपाली लाई पनि यात्रा प्रतिवन्ध,यहि २४ तारिखबाट लागु हुने

२०७७, ८ श्रावण बिहीबार ०६:४१

टोकियो- कोरोना भाइरसको बढ्दो संक्रमणलाई रोक्न  प्रयास गरिरहेको जापानले अन्तत:नेपालबाट समेत प्रवेश प्रतिबन्ध लगाउने भएको छ । कानून मन्त्रालयले आफ्नो वेवसाइटमा बुधबार एक सूचना प्रकाशित गरि प्रतिवन्ध लागेका देशहरुको सूचिमा नेपाल समेत थप गरेपछि, यस निर्णय बाट जापान आउन पाउने दिनको प्रतिक्षामा रहेका सयौँ नेपालीहरु प्रत्यक्ष प्रभावित हुनेभएका छन् ।

मंगलबार,मात्र नेपाल सहित विभिन्न १७ देश तथा क्षेत्रहरुमा यात्रा नगर्न आफ्ना नागरिकहरुलाई यात्रा चेतावनी जारी गरेको जापानले बुधबार सो निर्णय गरेको हो ।

नेपालमा रहेका जापान आउन चाहने सयौँ विद्यार्थी तथा विभिन्न कम्पनीमा कार्यरत व्यक्तिहरु तत्काल जापान आउन चाहेतापनि नेपालस्थित जापानी दुतावासले नेपालमा कोरोना संक्रमण बढेको भन्दै प्रवेश अनुमति नदिएपछि नेपालमा रोकिएका छन ।

Comments

ताजा खबर