आइतबार थपिए कोरोनाका १ सय ५६ संक्रमित मुलुकभर हालसम्म १७६५८ जना संक्रमित

२०७७, ४ श्रावण आईतवार १६:३२

आइतबार थपिए कोरोनाका १ सय ५६ संक्रमित मुलुकभर हालसम्म १७६५८ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍‍ जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर हालसम्म १७ हजार ६ सय ५८ जना संक्रमित भएका छन्।

विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ५८ जना कोरोनामुक्त भएका छन्। यसहित हालसम्म ११ हजार ६ सय ९५ जना कोरोनाबाट निको भएका छन्।

Comments

ताजा खबर