नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

शुक्रबार थपिए १०१ जना कोरोना संक्रमित २८५ जना डिस्चार्ज

२०७७, २ श्रावण शुक्रबार १६:३८

शुक्रबार नेपालमा कोरोनाभाइरसका १०१ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार देशभरका २७ वटा प्रयोगशालामा ४ हजार ६ सय ८८ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

अब कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ गेको छ।

कोरोना निको भएर शुक्रबार दुई सय ८५ जना घर फर्किएका छन्। अहिलेसम्म कोरोना निको हुनेको संख्या ११ हजार पाँच सय ३४ पुगेको छ।

अहिले क्वारेन्टिनमा २२ हजार सात सय ५६ मानिस रहेको गौतमले जानकारी दिए।

Comments

ताजा खबर