टोकियोमा आज थप २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि टोकियोमा संक्रमण हुनेको संख्या ७९२७ पुगेको छ

२०७७, २८ असार आईतवार १४:०१

टोकियो – टोकियोमा आज थप २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै टोकियोमा मात्रै कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ७९२७ पुगेको छ ।

टोकियोमा अहिलेसम्म ६१६९ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् भने ३२५ जनाको मृत्यु भइसकेको छ ।

संक्रमणको दर पुनः बढेकाले दोस्रो चरणमा संक्रमण फैलिने देखिएकाले सतर्क रहन अधिकारीहरुले बारम्बर अनुरोध गर्दै आइरहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार जापानभरमा १७ हजार ८ सय ४९ जना सफल उपचारपश्चात कोरोनामुक्त भैसकेका छन् ।

 

Comments

ताजा खबर