त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको क्याम्पस प्रमुखमा भट्टराई नियुक्त ।

२०७७, २४ असार बुधबार ०९:४९

सन्ताेष गहतराज पाल्पा।पश्चिम क्षेत्रकाे शैक्षिक धराेहर त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको क्याम्पस प्रमुखमा टंकप्रसाद भट्टराई नियुक्त भएका छन् । त्रिभवन विश्वविद्यालय कार्यकारी परिषदको निर्णय अनुसार ४ वर्षे कार्यकालका लागि क्याम्पस प्रमुखमा भट्टराई नियुक्त भएका हुन् ।

साहित्य समालोचना दक्षता ,सरल प्रकृति भएका सहप्राध्यापक भट्टराई त्रिवि प्राध्यापक संघको केन्द्रीय सदस्य हुन् । प्रजातन्त्रवादी प्राध्यापक संघको इकाई अध्यक्ष भएर दुई कार्यकालसम्म नेतृत्व गरेका भट्टराईसँग विश्वविद्यालयको प्रशासनिक बाहेकका अन्य विभिन्न पदहरुमा बसेर नेतृत्व गरिसकेको अनुभव छ ।

२०२४ माघ २५ गते पाल्पाको वगनाशकाली गाउँपालिका–७ खानीगाउँमा जन्मिएका भट्टराई साहित्यमा विशेष दख्खल राख्ने व्यक्ति हुन् । २०४९ सालमा त्रिभुवन विश्वविद्यालयबाट नियुक्ति लिएका भट्टराई विभिन्न समयमा विभागीय प्रमुख समेत भएर काम गरिरकेका छन् । भट्टराई क्याम्पस प्रमुखमा नियुक्ति भएसँगै पश्चिम नेपालको चम्किलो ‘एजुकेसन हब’ त्रिभुवन बहुमुखी क्याम्पसको साख फर्काउने विश्वास गरिएकाे छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु