सोमबार नेपालमा थपिए १८० जना संक्रमित कोरोना संक्रमितको कुल संख्या १५९६४ पुगेको छ ।

२०७७, २२ असार सोमबार १६:५७

२२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।

सोमबार २ सय ६४ जना डिस्चार्ज भएसंगै हालसम्म उपचारपछि निको हुने संक्रमितको संख्या ६ हजार ८ सय ११ पुगेको छ ।

त्यस्तै विगत २४ घण्टामा थप २ सय ६४ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म कुल ६ हजार ८ सय ११ जना कोरोनामुक्त भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

Comments

ताजा खबर