टोकियोमा आज थप १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि संक्रमण हुनेको संख्या ६७६५ पुगेको छ ।

२०७७, २१ असार आईतवार १९:३०

टोकियो । टोकियोमा आज थप १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै टोकियोमा मात्रै कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ६७६५ पुगेको छ ।


स्वास्थ्य मन्त्रालयका अनुसार १६९५९ जना सफल उपचारपश्चात कोरोनामुक्त भैसकेका छन् ।

टोकियोमा अहिलेसम्म ५६१७ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् भने ३२५ जनाको मृत्यु भइसकेको छ ।

आइतबार दिउसोसम्ममा घरेलु रुपमा संक्रमित र चीनबाट चार्टर गरि ल्याइएकाहरु सहितको संख्या १९७२७ पुगेको छ भने योकोहामा पोर्टमा क्वारेन्टायन गरेको डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहितको संक्रमितहरुको संख्या २०४३९ जना पुगेको छ ।

Comments

ताजा खबर