जापान आउन अनुमति पाएका आवेदकहरुले अझै केहि प्रतिक्षा गर्नुपर्ने

२०७७, १९ असार शुक्रबार १६:०३

टोकियो । अध्यायन तथा रोजगारीका लागि जापान आउन योग्य भएर ईलिजिविलिटी लेटर प्राप्त गरेका व्यक्तिहरु कोरोना कारण जापान प्रवेश गर्न पाएका थिएनन् ।तर अव जापान आउनका लागि सिओई  प्राप्त गरेका ब्यक्तिहरुलाई विस्तारै जापान आउन दिईने तयारी गरिएको छ ।

जापान सरकारले कोरोनाको उच्च सतर्कता अपनाउँदै विस्तारै जापान आउन चाहनेहरुका लागि सहजिकरण गर्ने संकेत गरेकाले, पहिलो चरणमा जापान आउन योग्य भएका विदेशी विद्यार्थी तथा कामदारहरुलाई आउने बाटो खुल्ने जापानी संचारहरुमा समाचार विश्लेषणहरु प्रकाशन भएका छन् ।

अध्यागम सेवा एजेन्सीका आवास व्यवस्थापन विभागका उपनिर्देशक कोवयासी हितोसीले भने-‘ आवेदकहरुले अझै केहि प्रतिक्षा गर्नुपर्नेछ ।’ प्रकृया अघि बढाईए पनि जापानले लगाएको यात्रा प्रतिवन्धहरु खुल्ला नभएको स्थानहरुमा कसरी ल्याउने र व्यवस्थापन गर्ने भन्ने बारे अझै टुंगो लागिसकेको छैन ।

उपनिर्देशक कोवयासी भन्छन्-‘तर सर्टिफिकेट हातमा लिएर बसिरहेका व्यक्ति अझै ढिला भएको अवस्थामा गाह्रो हुन्छ ।’
यसरी सिईयो लिएर बसेकाहरुको संख्या ठूलो भएको र उनिहरुको माध्यमबाट जापानको अर्थतन्त्रमा पनि प्रत्यक्ष प्रभाव पार्नेछ ।त्यसो त त्यस्ता लेटर प्राप्त गर्नेहरुको साविकको ३ महिनाको समयावधि थप गरिएको छ र आवाश्यकता अनुसार अझै थप पनि गर्न सक्नेछ ।

जापान सरकार, अबको समय कोरोनाबाट भागेर भन्दा पनि सतर्कता अप्नाएर दैनिकी संचालन गर्नुको विकल्प नभएकाले, कोरोना संक्रमण कम भएका मुलुकबाट त्यसमुलुकमा लागेको जापान प्रवेश निशेधाज्ञा हटाउँदै आउन सकिने वातावरण बनाउने प्रयासमा लागेको देखिन्छ ।

Comments

ताजा खबर