जापानमा ३० हजार भन्दा बढि बेरोजगार, कोरोना भाइरसका कारण

२०७७, १९ असार शुक्रबार ०८:१२

टोकियो । जापानमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण ३० हजार जना भन्दा बढिले जागिर गुमाएको तथ्यांक सार्वजनिक भएको छ । जापानको श्रम मन्त्रालयले सो जानकारी दिएको हो । २०२० जनवरीको अन्त्यदेखि जुलाई १ सम्ममा ३१ हजार ७ सय १० जनाको रोजगारी सम्झौता नवीकरण नभएको, जागिर गुमाएको वा अन्य कारणले काम नभएको पाइएको छ ।

गत अप्रिलमा २ हजार ६ सय ५४ जना, मे महिनामा १२ हजार ९ सय ५२ जना तथा जुन महिनामा १२ हजार ६ सय ८८ जना बेरोजगार बनेका थिए । मन्त्रालयको तथ्यांक अनुसार ८० प्रतिशतले गत २ महिनाभित्र रोजगारी गुमाएका छन् ।

विशेषगरि होटल, रेष्टुरेन्ट तथा पर्यटन क्षेत्रमा कार्यरत व्यक्तिहरुले आफ्नो रोजगारी गुमाएको मन्त्रालयको तथ्यांकले देखाउँछ । त्यस्तै निर्माण क्षेत्रमा काम गर्नेहरुले समेत बेरोजगार बन्नुपरेको छ ।

मन्त्रालयले बुधबारसम्ममा करिब ३ लाख ३० हजार व्यवसायिहरुले सरकारी राहतका लागि आवेदन दिएको समेत जनाएको छ । त्यसमध्ये २ लाख १० हजार आवेदनहरु स्वीकृत भएका छन् ।

Comments

ताजा खबर