पाल्पामा अबैध घरेलु मदिरा नष्ट ।

२०७७, १७ असार बुधबार २१:१६

 

सन्ताेष गहतराज । बुधबार जिल्लामा ठुलो मात्रामा अवैध घरेलु मदिरा नष्ट गरिएको छ । जिल्लाका विभिन्न ठाउँबाट बरामद गरिएको घरेलु मदिरा जिल्ला प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको हो ।

तानसेनको बतासे र मिसन क्षेत्रबाट बरामद गरिएको ११५ लिटर घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताउनुभयो । तानसेन नगरपालिका १२ बौघापोखराथोकदेखि तानसेन बजारतर्फ बिक्री गर्न ल्याउँदै गरेको ५० लिटर घरेलु मदिरा बतासेडाँडाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । लु१ज २११७ नम्बरको जीपमा तानसेन बजार ल्याउँदै गरेको मदिरा विशेष सुराकीको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस्तै बगनासकाली गाउँपालिकादेखि ल्याउँदै गरेको ६५ लिटर अवैध घरेलु मदिरा तानसेनको भूसलडाँडा क्षेत्रबाट नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । मिसन क्षेत्रमा भने प्रहरीलाई देखेपछि  बिक्री गर्न आएका मानिस घरेलु मदिरा बाटोमै छाडेर भागेका थिए ।

बरामद भएको मदिरा ल्याएका मानिस र जीप चालकलाई पहिलो पटक भएकोले सम्झाई बुझाइ छाडिएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

Comments

ताजा खबर