चीनमा बन्दै गरेको कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल परीक्षणका लागि चार वटा देशले अनुमति दिएका छन् ।
खोप निर्माण कम्पनी चाइना नेशनल बायोटेक ग्रुप सीएनबीजी र सिनोवैक बायोटेक लिमिटेडले खोपको अन्तिम परीक्षणका रुपमा मानिने क्लिनिकल परीक्षणका लागि चार वटा देशले अनुमति दिएको जनाएको छ । सर्बिया र पाकिस्तान तेस्रो चरणको परीक्षणका लागि सहमत भइसकेका छन् ।
अरु दुई वटा देशले भने डाटा माग गरिरहेका बीबीसीले जनाएको छ । चीनमा कोरोना भाइरस सङ्क्रमितको संख्या धेरै नभएकाले उसले अरु देशमा परीक्षण गर्नुपरेको हो । सर्बीयामा चीनले नै बनाउँदै गरेको दुई वटा खोपको परीक्षण हुनेछ । पाकिस्तानमा एउटा खोपको परीक्षण हुनेछ ।
दुई वटा खोप वुहान र बेइजिङ सीएनबीजी यूनिटले तयार पारेको हो । पाकिस्तानमा भने बेइजिङ यूनिटले तयार पारेको खोपको मात्रै परीक्षण हुनेछ । सीएनबीजीको तेस्रो चरणको परीक्षणमा १० देशका झण्डै ५० हजार मानिस सहभागी हुने सम्भावना रहेको खबरमा उल्लेख छ ।
संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टीना र जोर्डनमा पहिले देखि नै परीक्षण सुरु भइसकेको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…