अब देखी एकजना व्यक्तिले २ वटा भन्दा बढी सिमकार्ड लिन नपाउने

यदि तपाईंको नाममा एउटै सेवा प्रदायकका दुई भन्दा बढी सिमकार्ड छन् भने आफूले प्रयोग नगर्ने सिमकार्ड बन्द गर्ने वा अर्काको नाममा नामसारी गर्नुपर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएको हो ।

यही असार १३ गते बसेको प्राधिकरण बोर्डले यस्तो निर्णय गरेको थियो । सोही निर्णयका आधारमा प्राधिकरणले आइतबार सेवा प्रदायकलाई पत्र काटेर यसबारे जानकारी गराउने तयारी गरेको छ ।

यससँगै सेवा प्रदायकले एक जना व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड बिक्री गर्न पाउने छैनन् । यसरी एउटै व्यक्तिको नाममा धेरै सिमकार्ड दिँदा दुरुपयोग हुनसक्ने भन्दै प्राधिकरणले यस्तो निर्णय लिएको बताइएको छ ।

‘एउटै व्यक्तिको नाममा धेरै सिमकार्ड हुँदा त्यसको दुरुपयोग हुनसक्छ, दूरसञ्चार सम्बन्धी विभिन्न अपराधमा प्रयोग हुन सक्छ,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘त्यतिमात्र नभएर एउटा व्यक्तिको नाममा धेरै सिमकार्ड हुँदा स्वयम् व्यक्ति नै खतरामा पर्न सक्ने भएकाले त्यस्तो जोखिम रोक्न यस्तो निर्णय लिइएको हो ।’

पछिल्लो समय सिमकार्ड व्यक्तिको आर्थिक कारोबारसँग पनि जोडिएर आउँछ । सिमकार्डबाटै बैंकिङ कारोबार, मोबाइल बैंकिङ लगायतका प्रणाली सञ्चालन हुने भएकाले पनि यस्तो खालको निर्णय आवश्यक रहेको प्रवक्ता अर्यालले बताए ।

उनकाअनुसार नेपाल टेलिकमको हकमा एक जनाले अधिकतम दुई वटा सिमकार्ड र एउटा ल्याण्डलाइन लिन सकिनेछ । अन्य सेवा प्रदायकको हकमा भने एउटा व्यक्तिको नाममा दुई वटाभन्दा बढी सिमकार्ड लिन नपाउने प्रावधान राखिएको छ ।

यो प्रावधान पुराना सिमकार्डको हकमा समेत लागु हुने उल्लेख गरिएको छ । पुराना प्रयोगकर्ताको हकमा समय सीमा तोकेर सेवा प्रदायकले यदि आफ्नो नाममा दुई भन्दा बढी सिमकार्ड भएको खण्डमा अर्को व्यक्तिको नाममा नामसारी गर्न निर्देशन दिनुपर्नेछ ।

नाबालिकको हकमा भने एउटा मात्रै सिमकार्ड लिन पाइने छ । त्यसका लागि पनि अविभावकको नाता प्रमाणीत र अन्य आवश्यक कागजात उपलब्ध भएको खण्डमा मात्रै सिमकार्ड जारी गर्न सकिने बताइएको छ ।

यसअघि प्राधिकरणले सिमकार्ड लिनका लागि सक्कली नागरिकता सहित व्यक्ति आफैं उपस्थित हुनुपर्ने प्रावधान लागु गरिसकेको छ ।

Comments
Sanjay poudyal

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago