कोरोना संक्रमितको संख्या १३ हजार नाघ्यो

२०७७, १५ असार सोमबार १६:५०

प्रदेश नं १ मा आज मोरङमा, धनकुटा र खोटाङमा १/१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सो नतिजा आएको मन्त्रालयमा प्रवक्ता डा जागेश्वर गौतमले बताउनु भयो ।

नेपालमा कोरोनाको संक्रमण पछि निको हुनेको संख्या ३ हजार १३४ पुगेको छ । आज झापाका १ सहित १२१ जना स्वस्थ भएको मन्त्रालयले बताएको छ ।

२ दिन केही कमी आएको पीसीआर परीक्षणको संख्या आज बृद्धि भएको छ । गत २४ घण्टामा ७ हजार ७९१ वटा नमुना परीक्षण हुँदा नेपालमा कुल पीसीआर परीक्षणको संख्या २ लाख २३ हजार ६३० पुगेको छ ।

क्वारेन्टाइनमा रहेका मानिसको संख्या दैनिक घटि रहेको छ । हाल क्वारेन्टाइनमा बस्ने मानिसको संख्या ५७ हजार ३६८ रहँदा आइसोलेशनमा रहेर उपचार गराउने संक्रमितको संख्या १० हजार ८५ रहेको समेत स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २९ : 

नेपालमा कोराना संक्रमण पछि ज्यान गुमाउनेको संख्या २९ पुगेको छ ।

असार १३ गते निधन भएका रौतहटका ३० बर्षीय पुरुषमा हिजो कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

उनी फोक्सोको बिरामी भएर अस्पताल भर्ना भएको मन्त्रालयले बताएको छ ।

Comments

ताजा खबर