स्याङ्जाका २२ सहित गण्डकी प्रदेशमा थप ३२ जनामा संक्रमण

२०७७, १३ असार शनिबार ०८:२५

पोखरा । गण्डकी प्रदेशमा थप ३२ जना कोरोना संक्रमित थपिएका छन । यो संगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ८३८ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परिक्षणमा नयाँ संक्रमित थप भएका हुन । शनिबार बिहान थप भएका मध्ये स्याङ्जाका २२, बागलुङका ८ र पुर्बी नवलपरासीका २ जना रहेको निर्देशनालयले जनाएको छ । जस मध्ये ६ जना महिला र २६ जना रहेका छन । थपिएका संक्रमीत अर्जुनचौपारी गाउँपालिकाका मात्रै १९ जना रहेका छन । नवलपरासीको हुप्सेकोट गाउँपालिका र वालिङ नगरपालिकाका संक्रमीत व्यक्तिहरु आईसोलेसनमा रहेका हुन भने अरु सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ निर्देशनालयले जनाएको छ ।

 

Comments

ताजा खबर