बिर्तामोड नगरपालिकामा २ जनामा कोरोना संक्रमणतो पुष्टि संगै झापामा कोरोना संक्रमितको संख्या २०५ पुगेको छ ।

२०७७, ९ असार मंगलवार १८:५९

बिर्तामोड- झापाको मेचीनगरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले दिनु भएको जानकारी अनुसार मेचीनगरमा ३ जना महिलामा संक्रमण दखिएको छ ।

मेचीनगर वडा नं १० को अतिथि सदन भवनको क्वारेन्टाइनमा रहेका बर्ष ३३, ३६ र ४० बर्षका ३ महिलाहरु हुनुहुन्छ । संक्रमितहरु मध्ये २ जना कुवेतबाट आएका र १ महिला भारतको आसामबाट आएको चौलागाईंले बताउनु भयो ।

मेचीनगरमा आज संक्रमण पुष्टि भएका महिलाहरुमा वडा नं १, ५ र ७ को रहनु भएको क्वारेन्टाइन ब्यवस्थापन समिति संयोजक नबिन बरालले जानकारी दिनु भयो ।

बरालका अनुसार संक्रमण पुष्टि भएसंगै उनीहरुलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी भइरहेको छ ।

आज थप ३ जनामा कोरोनाको संक्रमण पुष्टिभएसंगै मेचीनगरमा मात्र संक्रमितको संख्या ८ पुगको छ ।

यस्तै आजनै झापाको बुद्धशान्ती गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ६ जना, हल्दिबारी गाउँपालिकाको क्वारेन्टाइनमा २ जना र बिर्तामोड नगरपालिकाको क्वारेन्टाइनमा २ जनामा कोरोनाको संक्रमण पुष्टि भएको चौलागाईंले जानकारी दिनु भयो ।

आज थप १३ जनामा संक्रमण पुष्टि भएसंगै झापा कोरोना संक्रमितको संख्या २०५ पुगेको छ ।

Comments

ताजा खबर