आबुधाबीबाट १ सय ५१ जना नेपाल फर्कदै, कोरोनाका कारण ३ जना विमानस्थलमै रोकिए

२०७७, ७ असार आईतवार १५:०५

युएई – युएईको आबुधाबीबाट १ सय ५१ जना नेपाली लिएरयूएई – यूएईको आबुधाबीबाट १ सय ५१ जना नेपाली लिएर हिमालय एअरलाइन्सको जहाज काठमाण्डौका लागि उडेको छ । एच –९ ५६७२ नम्बरको उडानमार्फत यूएईको समयअनुसार आइतबार बिहान ४ बजेर २० मा जहाज काठमाण्डौका लागि उडेको हो । जहाज काठमाण्डौका लागि उडेको छ ।एच –९ ५६७२ नम्बरको उडानमार्फत यूएईको समयअनुसार आइतबार बिहान ४ बजेर २० मा जहाज काठमाण्डौका लागि उडेको हो।

हिमालय एअरलाइन्सको जहाजमा २ जना नाबालक सहित २६ जना महिला र १ सय २३ जना पुरुष छन् । नेपाल फर्किनेहरुमा ज्येष्ठ नागरिक, महिला, आफन्त गुमाएका परिवारका सदस्य र भिजिट भिसामा आएर समस्यामा परेकाहरु रहेका दूतावासले जनाएको छ । त्यस्तै केही बिरामी तथा घाइते पनि आजको उडानमा फर्किएका छन् ।​यूएईबाट फर्किएका सबैको विमानस्थलमा कोरोना परीक्षण गरिरहेको छ ।

आज परीक्षण गरेकामध्ये ३ जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ । यूएई सरकारले स्वदेश फर्कनेहरुको आरडीटी विधिबाट निःशुल्क परीक्षण गरिदिएको छ । पोजेटिभ देखिएकाहरु आजको उडानमा स्वदेश फर्कन पाएनन् । उनीहरुको यसपछिको रिपोर्टका आधारमा अर्को उडानमार्फत स्वदेश फर्काइने एयरलाइन्सले जनाएको छ । स्वदेश फर्कने यात्रुको बिदाईमा दूतावासका कर्मचारी र अरु नेपाली पनि विमानस्थलमा पुगेका थिए ।

आज ३ जहाजमा ५ सय ७५ जना फर्कंदै
आज यूएईबाट ३ वटा उडान हुँदै छ । आबुधावीबाट हिमालय एयरलाइन्स उडेकाे छ भने यूएईकाे समय अनुसार ८ बजे फ्लाई दुबइ उड्ने छ । १ सय ५८ जना बोकेर फ्लाई दुबईले पहिलो उडान भर्न लागेको हो । आइतबार नै नेपाल एअरलाइन्सको दोस्रो उडान हुनेछ । स्थानीय समय अनुसार बिहान ११:१० मा नेपाल एअरलाइन्सको वाइडबडी मार्फत उडान हुने नेपाल एयरलाइन्सका यूएई प्रमुख टिकाराम पंगेनीले जानकारी दिनुभयो । आज नेपाल एयरलाइन्सको वाइडवडीमार्फत २ सय ६६ जना नेपाली देश फर्किन लागेका हुन ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु