भारतमा कोरोना संक्रमितको संख्या चार लाख नाघ्यो, एकैदिन थपिए १५ हजार ४१३ संक्रमित

२०७७, ७ असार आईतवार १४:१४

भारतमा कोरोना संक्रमितको संख्या चार लाख नाघेको छ । एकैदिन थपिए १५ हजार ४१३ संक्रमित भारतको केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमितको संख्या चार लाख नाघेको हो ।यो भारतमा एकै दिन संक्रमित थपिएको सबैभन्दा उच्च संख्या हो ।

भारतमा बितेको चौबिस घण्टामा मात्रै १५ हजार ४१३ संक्रमित थपिएका छन् । यस्तै बितेको चौबिस घण्टामा ३०६ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ हजार २५४ पुगेको छ । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ४ लाख १० हजार ४६१ पुगेको छ। निको हुनेको संख्या २ लाख २७ हजार छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु