पर्यटकिय स्थल भालुपहाडमा पहिचान बोर्ड

२०७७, ४ असार बिहीबार ०९:१०

स्याङ्जा । जिल्लाको मुख्य पर्यटकिय स्थल भालुपहाडमा पहिचान बोर्ड राखिएको छ । पुतलीबजार नगरपालिकाको सहयोगमा भित्तामा खोपेर `BHAlU PAHAD´ लेखिएको ठूलो बोर्ड राखिएको हो । भालुपहाड कास्की जिल्लावाट स्याङ्जा प्रवेश गर्दा स्याङ्जाको पहिचान दिने पहिलाे प्रयटकिय स्थल हाे ।

पहाडलाई खापेर वनेकाे सिद्दार्थ राजमार्गको नागबेली सडक र ढुङ्गाको डरलाग्दो पहाड यहाँको मुख्य आकर्षण को प्राकृतिक सम्पदा हो ।

पुतलीबजार नगरपालिकाको लक्ष स्थान पहिचानका साथै आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन कार्यक्रम अन्तर्गत नगरपालिकाले बिनियोजन गरेको ९० हजार रुपैयाँको लागतमा बोर्ड राखिएको पुतलीबजार नगरपालिका वडा नम्बर ४ का अध्यक्ष ओम खड्काले जानकारी दिनुभयो । अध्यक्ष खड्काका अनुसार डिभिजन बन कार्यालय स्याङ्जाको समन्वयमा भित्तामा खोपेर बर्ड राखिएको हो । भालुपहाड सहासिक पर्यटन रक क्लाईम्विङ, वन्जी जम्पिङ, जलाशाय मार्फत जलयात्रा, ऐतिहासिक नुवाकोट सम्म पदयात्रा सहित पर्यटनको सम्भावना बोकेको स्थल हो । विगतका केहि वर्षदेखि सिद्धार्थ राजमार्ग भएर यात्रागर्ने यात्रुहरु यो स्थानमा तस्बिर लिने, आराम र रिफ्रेस हुने स्थल बनेको छ । भालुपहाडलाई पृष्ठभूमिमा राखेर फाटाे खिच्न लाईनमा प्रतीक्षा गर्नेहरुको लाइन देख्न सकिन्छ ।
पुष्ठभुमिकाे पहाडमा लेखेको बोर्ड राखिए संगै यो क्षेत्रको प्रचारप्रसारमा थप बिस्तार हुनेछ र पर्यटनको आवागमनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु