५ चिकित्सक सहित २५ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा,मेची अञ्चल अस्पतालको आइसियु कक्ष शील l

२०७७, ३ असार बुधबार १८:४३

मेची अञ्चल अस्पताल भद्रपुरको आईसियु कक्ष शील गरिएको छ भने २५ जना भन्दा बढी स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्ने बसेका छन् । अस्पतालमा शनिवार भर्ना भएका एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आईसियु कक्ष शील गर्दै स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका हुन् ।


मेची अस्पतालका २ जना फिजिशियन, ३ जना मेडिकल अधिकृत, आइसियुका ८ जना नर्स, ईमरजेन्सी, ल्याबका कर्मचारी, एक्स रेका कर्मचारीसहित २५ जना भन्दा बढी क्वारेन्टाइनमा बस्नु पर्ने अवस्था आएको मेकिल सुपरिटेण्डेट डा पिताम्बर ठाकुरले बताउनु भयो । अस्पतालले तयार गरेको क्वारेन्टाइन र स्वास्थ्यकर्मीको क्वाटरलाई नै क्वारेन्टाइनको रुपमा प्रयोग गरिने डा ठाकुरले जानकारी दिनु भयो ।

भद्रपुर वडा नम्बर ८ का ती व्यक्ति भारतबाट जेठ २९ गते फर्किएका हुन् । उनी मेची बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए । उनको छातिमा समस्या भएपछि शनिवार मेची अञ्चल अस्पताल आएका ती युवालाई ईमरजेन्सीबाट आईसियुमा राखिएको थियो । सोमबार संक्रमणको पुष्टि भएपछि उनको थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विपत्रान प्रतिष्ठान धरान लगिएको अस्पतालले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु