५८ वर्षअघि लिम्पियाधुरा नेपालकै नक्सामा थियाे नक्सा कसरी गायब भयाे ? – राजेन्द्र महतो

२०७७, ३१ जेष्ठ शनिबार १५:१६

काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले ५८ वर्षअघि लिम्पियाधुरा नेपालकै थियाे, नक्सामै थियाे नक्सा कसरी गायब भयाे ? २५ वर्षअघि महाकाली सन्धि गर्दा सीमा किन निश्चित नगरेकाे ? भन्दै प्रश्न गरे । संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिदैँ महतोले यस्तो प्रश्न गरेका हुन ।
उनले राष्ट्रियताको परिभाषा नयाँ ढंगले गर्नुपर्ने समय आएको बताएका छन् । उनले राष्ट्रघाती र राष्ट्रवादी पहिचान गरी राष्ट्रघातीलाई टुँडिखेलमा झुण्ड्याउनुपर्ने पनि प्रष्ट पारे । अनुहार हेर्नेबित्तिकै कसैलाई मधेसी वा यो त भारतीय होला भन्ने नश्लवादी कुण्ठा हटाउन सबैलाई आग्रह गरे । मधेसीले सीमा रक्षाका लागि पनि संघर्ष गरेको स्मरण गराउँदै मधेस र मधेसीको राष्ट्रियताका बारेमा शंका नगर्न आग्रह गरे । उनको थप प्रश्न थियो महाकाली सन्धि कसले गर्याे ? महाकाली कसले बेच्याे ? पार्टी फुटाएर यही संसदबाट सन्धि पारित भएकाे थियाे, त्याे कसले गरेकाे ? २५ वर्षअघि महाकाली सन्धि गर्दा सीमा किन निश्चित नगरेकाे? अनि मधेशीथारूलाई राष्ट्रियताका अग्निपरिक्षा कति पटक लिनुहुन्छ, सभामुख महाेदय ? जवाफ चाहियाे । संसदमा राजेन्द्र महतोको अर्को प्रहार नेपाल-भारत सबन्ध मोदी र ओलीले बनाई दिएको होईन, हजारौं वर्षदेखीको हो, अब कुशल वार्तामार्फत हाम्रो भूमी फिर्ता ल्याउनुहोस ।

Comments

ताजा खबर